Logo

छठको मुख्य पूजा आइतबार साँझ

ललित सन्देश २०८३ कार्तिक २७, ४:३३ AM
छठको मुख्य पूजा आइतबार साँझ

महोत्तरी — छठ पर्वको मुख्य दिन षष्ठी तिथिका अवसरमा यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई पायक पर्ने जलाशयमा गई अर्घ्य दिइनेछ। घरघरमा गहुँ र चामलको पिठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरियाजस्ता विशेष पकवानका साथै मुला, गाजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केराजस्ता फलफूलहरू नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती तथा ठूलो ढाक्कीमा सजाएर घाटसम्म लगिन्छ। मुख्य पूजाका अवसरमा परिवारका सम्पूर्ण सदस्य भक्तिभावका साथ छठका लोकगीत गाउँदै सजाइएको छठ घाटसम्म पुग्ने गर्दछन्।

त्यसैगरी, रातभर व्रतस्थलमै जागरण बसी भोलिपल्ट सोमबार बिहान सप्तमी तिथिका दिन पुनः छठघाटमा पुगी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ। चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहिआएको छ। कार्तिक महिनामा मनाइने छठ पर्व जत्तिकै ठूलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति नभए पनि पछिल्लो समय चैती छठ पर्व मनाउने व्रतालुहरूको सङ्ख्या पनि क्रमशः बढ्दै गएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्