Logo

साढे पाँच लाखभन्दा बढी नगद र ताससहित ११ जनामाथि अनुसन्धान सुरु

ललित सन्देश २०८३ कार्तिक २७, ४:४९ AM
साढे पाँच लाखभन्दा बढी नगद र ताससहित ११ जनामाथि अनुसन्धान सुरु

सुनसरी — धरानमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका ११ जना व्यक्तिको साथबाट प्रहरीले ५ लाख ९२ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ। नगदका साथै उनीहरूको साथबाट १२ थान मोबाइल र १२ बुङ तास पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

पक्राउ पर्नेमा धरान–१६ जोरसखुवाका ३३ वर्षीय सोम तामाङ, धरान–११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, ४९ वर्षीय घरधनी सन्जुहाङ लिम्बु, २४ वर्षीय मचिन लिम्बु, ३२ वर्षीय पूर्ण राई, ४१ वर्षीय सन्तोष तामाङ, १७ वर्षीय रविन रसाइली, ४१ वर्षीय सुवास तामाङ, धरान–१९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा रहेका छन्। पक्राउ परेका सबैलाई बरामद गरिएको नगद तथा अन्य सामग्रीसहित इलाका प्रहरी कार्यालयमा ल्याइएको र उनीहरूमाथि प्रचलित कानुनबमोजिम थप अनुसन्धान भइरहेको डीएसपी भीषणबाबू राईले जानकारी दिनुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्