सरकारी खरिद ढिलो हुँदा बर्दियाका किसान सस्तो मूल्यमा धान बेच्न बाध्य
बर्दिया — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसानहरू सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्। हिउँदेबाली लगाउन खेत जोत्ने, मल तथा बीउ खरिद गर्ने र घरायसी खर्च जुटाउनुपर्ने तत्कालको आवश्यकताका कारण किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा निकै कम मूल्यमा व्यापारीलाई धान बेचिरहेका हुन्।
सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३,६६० र मध्यम धानको रु ३,८६० तोकेको छ। तर, स्थानीय बजार र गल्ला व्यापारीले मोटा धान प्रतिक्विन्टल रु २,८०० देखि २,९०० सम्ममा खरिद गरिरहेका छन्। गुलरिया नगरपालिका–१२ का किसान जगमोहन थारूले कम्पनीले समयमै खरिद नगर्दा प्रतिक्विन्टल रु २,८०० का दरले ३०० क्विन्टल धान बेच्नुपरेको गुनासो गर्नुभयो। नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीले गत वर्ष कात्तिक १९ गतेदेखि नै खरिद सुरु भएकोमा यस वर्ष दुई साता ढिलाइ हुँदा किसानको आधाभन्दा बढी धान सस्तोमै व्यापारीको हातमा गइसकेको बताउनुभयो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय वृद्ध धारिलो हतियार प्रहार भएको अवस्थामा मृत फेला
17 घण्टा अगाडि
मुगुम कार्मारोङमा १० शय्याको अस्पताल सञ्चालनमा, सडक नहुँदा बिरामीलाई आवतजावतमा सास्ती
18 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्