धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय वृद्ध धारिलो हतियार प्रहार भएको अवस्थामा मृत फेला
धनुषा — धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। स्थानीय ६० वर्षीय रामजतन यादव पोखरीको घाटमा मृत फेला परेका हुन्। छठ पर्वको सुरक्षा तथा व्यवस्थापकीय प्रयोजनका लागि राति घाटमा बसेका यादवको रहस्यमय मृत्युले स्थानीय स्तरमा त्रास फैलाएको छ।
मृतक यादवको दाहिने गालामा धारिलो हतियारले काटिएको जस्तो गहिरो चोट देखिएको छ। साथै, प्रहरीले घटनास्थलको नजिकै एउटा दाउसमेत फेला पारेको छ। शवको प्रकृति र घटनास्थलमा भेटिएको हतियारका कारण उनको सामान्य मृत्यु नभई योजनाबद्ध हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्