Logo

मुगुम कार्मारोङमा १० शय्याको अस्पताल सञ्चालनमा, सडक नहुँदा बिरामीलाई आवतजावतमा सास्ती

ललित सन्देश २०८३ कार्तिक ३०, ५:३६ AM
मुगुम कार्मारोङमा १० शय्याको अस्पताल सञ्चालनमा, सडक नहुँदा बिरामीलाई आवतजावतमा सास्ती

मुगु — मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। करोडौँ रूपैयाँ खर्चिएर निर्माण गरिएको उक्त अस्पताल तोकिएको समयभन्दा दुई वर्षभन्दा बढी ढिलो गरी सम्पन्न भएको हो।

हाल यस अस्पतालमा एक चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई सेवा प्रदान गरिरहेका छन्। यद्यपि, गाउँपालिकाका कुनै पनि वडामा हालसम्म मोटरबाटो पुग्न सकेको छैन। सडक सञ्जाल नजोडिएका कारण गम्भीर प्रकृतिका बिरामीहरूलाई समयमै अस्पताल पुर्‍याउन घण्टौँदेखि दुई दिनसम्म पैदलै हिँड्नुपर्ने बाध्यता कायम रहेको छ। 

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्