दशौँ राष्ट्रिय खेलकुदमा ११ सय बढी सुरक्षाकर्मी परिचालन हुने, खेलहरू विभिन्न जिल्लामा विभाजन
सुर्खेत — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कूल ३२ खेलमध्ये २३ खेल मुख्य आयोजनास्थल सुर्खेतमा सञ्चालन हुनेछन् भने बाँकी खेलहरू कर्णालीका अन्य चार जिल्ला (दैलेख, कालिकोट, सल्यान, पश्चिम रुकुम) र लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरिएका छन्। प्रतियोगिताको सुरक्षा व्यवस्थाका लागि डीआईजी जयराज सापकोटाको संयोजकत्वमा १ हजार १२६ सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ, जस अन्तर्गत कार्यक्रमस्थलको सुरक्षामा मात्र ३२१ जना खटिनेछन्।
यसैबीच, प्रतियोगिताको मिति नजिकिँदै गर्दा तयारीका लागि निर्देशन र समन्वय गर्नुपर्ने मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकास मन्त्री जितबहादुर मल्ल भने गृहजिल्ला मुगुको दौडाहामा रहेका छन्। मुख्यमन्त्री र विभागीय मन्त्री नै महत्त्वपूर्ण समयमा फिल्डबाट बाहिरिएर विकासे आयोजनाको अनुगमनमा लागेपछि प्रदेश सरकारले प्रतियोगितालाई गम्भीरताका साथ नलिएको भन्दै स्थानीय युवा तथा अगुवाहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्