Logo

२८ वर्षपछि मासु जाँच ऐन कार्यान्वयनमा, उपत्यकामा आजबाट ‘स्वस्थ मासु’ को छाप अनिवार्य

ललित सन्देश २०८३ मंसिर १, ७:५८ AM
२८ वर्षपछि मासु जाँच ऐन कार्यान्वयनमा, उपत्यकामा आजबाट ‘स्वस्थ मासु’ को छाप अनिवार्य

काठमाडौँ — काठमाडौँ उपत्यकामा आजदेखि खानयोग्य प्रमाणित भई ‘स्वस्थ मासु’ को आधिकारिक छाप लगाइएको मासु मात्र बिक्री–वितरण गर्न पाइने भएको छ। सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ जारी भएको २८ वर्षपछि पहिलो चरणमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका २१ वटै स्थानीय तहमा आजबाट यो ऐनलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको हो।

उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले ऐन लागु गरिएसँगै अब जथाभावी पशु बध गर्न र खुल्ला रूपमा मासु बेच्न कानुनी रूपमा बन्देज लागेको छ। नयाँ व्यवस्थाअनुसार तोकिएको वधशालामा पशुबध गर्नुअघि र बध गरिसकेपछि पशु चिकित्सक तथा प्राविधिकबाट अनिवार्य स्वास्थ्य परीक्षण गराई खानयोग्य प्रमाणित भएपछि मात्र बजारमा बिक्रीका लागि पठाउनुपर्नेछ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्