Logo

हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति प्राप्त

ललित सन्देश २०८३ मंसिर १, १०:४९ AM
हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति प्राप्त

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न औपचारिक अनुमति प्राप्त गरेको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो। यो अनुमति १ मङ्सिर २०८३ देखि १५ साउन २०८४ सम्म लागू रहनेछ।

प्राधिकरणका अनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको पिक आवरबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ। कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यु नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् भित्र्याइनेछ। त्रिशूली नदीमा आएको हिमबाढीका कारण ४३१ मेगावाट क्षमताका आयोजना प्रणालीबाट विच्छेद भएको अवस्थामा यो अनुमतिले हिउँदको आपूर्ति व्यवस्थापन सहज हुने कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्