Logo

आन्तरिक बेचबिखन र बालश्रम शोषण रोक्न विद्यमान ऐन समयअनुकूल बनाउन सांसद विकको आग्रह

ललित सन्देश २०८३ मंसिर १, १०:१४ AM
आन्तरिक बेचबिखन र बालश्रम शोषण रोक्न विद्यमान ऐन समयअनुकूल बनाउन सांसद विकको आग्रह

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नेपालभित्रै महिला, श्रमिक तथा बालबालिका आन्तरिक बेचबिखन र श्रम शोषणको सिकार भइरहेको भन्दै विद्यमान कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। संसदीय छलफलका क्रममा उनले ग्रामीण भेगका गरिब परिवारका बालबालिकालाई सहरमा ल्याएर पढाइदिने झूठो प्रलोभन देखाई होटल, रेस्टुरेन्ट तथा घरेलु कामदारका रूपमा श्रम शोषण भइरहेको गम्भीर यथार्थ औँल्याइन्।

आन्तरिक रूपमा हुने यस्ता शोषण र बेचबिखनका स्वरूपहरू बदलिँदै गएकाले पुराना कानुनी व्यवस्थाले मात्र पीडितलाई न्याय दिन नसक्ने उनको भनाइ छ। बालबालिका तथा महिलाको सुरक्षाका लागि कडा कानुनी प्रबन्ध र प्रभावकारी अनुगमन संयन्त्र निर्माण गर्नुपर्नेमा सांसद विकले जोड दिइन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्