भुक्तानी नपाउँदा र बजेट काटिँदा दार्चुलाको बल्लुचरण खानेपानी योजना अलपत्र, स्थानीयको लगानी जोखिममा
दार्चुला — दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ बलशिषरका स्थानीय बासिन्दाले खानेपानीको सहज आपूर्तिको आशामा आफ्नै खल्तीबाट रकम खर्चेर निर्माण थालेको बल्लुचरण लिफ्टिङ खानेपानी योजना अलपत्र परेको छ। सुदूरपश्चिम प्रदेश सरकारबाट आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत भई खानेपानी कार्यालय दार्चुलामार्फत सम्झौता गरिएको उक्त योजनाको काम गरेबापतको भुक्तानी नपाएको र चालु आर्थिक वर्षको बजेटबाट समेत योजना हटाइएको स्थानीयको गुनासो छ।
२०८२ साल फागुनदेखि असार मसान्तसम्म उपभोक्ताले ऋण तथा व्यक्तिगत रकम खर्चेर बालुवा, गिट्टी, सिमेन्ट र रडजस्ता निर्माण सामग्री जुटाई काम अघि बढाएका थिए। तर, हालसम्म न कामको भुक्तानी भएको छ न त योजनालाई निरन्तरता दिन बजेट नै विनियोजन गरिएको छ। पहुँच र राजनीतिक चलखेलका आधारमा बजेट कटौती गरिएको आशङ्का गर्दै स्थानीय प्रतापसिंह धामीले सोर्सफोर्स र कमिसन नदिएकै कारण वास्तविक समस्यामा रहेका नागरिकको योजना काटिएको दुःखेसो पोख्नुभयो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्