Logo

पाणिनि गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीका लागि एआईसम्बन्धी तीनदिने तालिम सम्पन्न

ललित सन्देश २०८३ मंसिर १, ६:१५ AM
पाणिनि गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीका लागि एआईसम्बन्धी तीनदिने तालिम सम्पन्न

अर्घाखाँची — अर्घाखाँचीको पाणिनि गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय सरकारका कामकारबाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त तालिममा एआई प्रविधिको अवधारणा, महत्त्व र व्यावहारिक उपयोगका विषयमा प्रशिक्षण दिइएको थियो।

गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका डिन डा. भोजराज घिमिरे र सन्धिखर्क नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले सहजीकरण गरेका थिए। तालिमको पहिलो दिन जनप्रतिनिधिहरू र दोस्रो तथा तेस्रो दिन कर्मचारीहरूलाई लक्षित गरी छुट्टाछुट्टै सत्रमा प्रशिक्षण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्