चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो बिएस्सी नर्सिङसहित चार स्नातक कार्यक्रमको प्रवेश परीक्षा नतिजा
काठमाडौँ — चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहका विभिन्न चार स्वास्थ्य विज्ञान कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगका अनुसार बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ्री, बिएएसएलपी (ब्याचलर इन अडियोलोजी एन्ड स्पिच ल्याङ्ग्वेज प्याथोलोजी) तथा ब्याचलर इन परफ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमका लागि लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको हो।
गत कार्तिक १६ गते देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा सञ्चालन भएको उक्त एकीकृत प्रवेश परीक्षामा सहभागी परीक्षार्थीहरूमध्ये योग्यताक्रम (मेरिट लिस्ट) का आधारमा सफल भएका उम्मेदवारहरूको नतिजा शनिबार सार्वजनिक गरिएको आयोगले जनाएको छ। नतिजा प्रकाशनसँगै ती कार्यक्रमहरूमा आगामी भर्ना तथा म्याचिङ प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
त्रिविको शैक्षिक गुणस्तर र परीक्षा प्रणाली सुधारबारे मन्त्रालय र विश्वविद्यालय पदाधिकारीबीच छलफल
1 हप्ता अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु, उपचार प्रभावकारी
1 हप्ता अगाडि
टिप्पणी लेख्नुहोस्