मध्यपश्चिम विश्वविद्यालयले माग्यो खुला प्रतिस्पर्धाबाट सात डिन र दुई निर्देशक
काठमाडौँ — मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा महत्त्वपूर्ण नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले सार्वजनिक सूचना जारी गर्दै ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, एजुकेसन, इन्जिनियरिङ, ह्युमानिटिज एन्ड सोसल साइन्स, ल, म्यानेजमेन्ट तथा साइन्स एन्ड टेक्नोलोजीका लागि एक–एक जना डिन माग गरेको हो।
यसैगरी, विश्वविद्यालयअन्तर्गतका अनुसन्धान निर्देशनालय र पाठ्यक्रम विकास निर्देशनालयको नेतृत्व सम्हाल्नका लागि पनि एक–एक जना निर्देशक नियुक्त गर्न दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र र कार्यानुभवको प्रमाणित प्रतिलिपिसहित विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी स्पष्ट कार्ययोजना पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो बिएस्सी नर्सिङसहित चार स्नातक कार्यक्रमको प्रवेश परीक्षा नतिजा
23 घण्टा अगाडि
त्रिविको शैक्षिक गुणस्तर र परीक्षा प्रणाली सुधारबारे मन्त्रालय र विश्वविद्यालय पदाधिकारीबीच छलफल
1 हप्ता अगाडि
टिप्पणी लेख्नुहोस्