बर्दियामा कोब्रा सर्पको टोकाइबाट ६४ वर्षीय बुद्धिराम चौधरीको मृत्यु
बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–१, गाउँ नम्बर १५ निवासी ६४ वर्षीय बुद्धिराम चौधरीको विषालु कोब्रा सर्पको टोकाइबाट मृत्यु भएको छ। आफ्नै केराबारीमा काम गरिरहेका बेला चौधरीलाई कोब्रा सर्पले दायाँ खुट्टाको बुढी औँलामा टोकेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
सर्पले डसेपछि गम्भीर अवस्थामा पुगेका चौधरीलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो। तर, समयमै विषको असर नियन्त्रणमा नआउँदा र थप जटिलता देखिएपछि उहाँलाई थप उपचारका लागि नेपालगञ्जतर्फ लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्