Logo

भोजपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

ललित सन्देश २०८३ मंसिर ६, ९:०५ AM
भोजपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

भोजपुर — भोजपुरका अधिकांश क्षेत्रमा यतिबेला पाकेको धान काट्ने, सुकाउने, चुट्ने र भण्डारण गर्ने काम तीव्र रूपमा चलिरहेको छ। मौसममा देखिएको अनिश्चितता, कृषि श्रमिकको चर्को अभाव र बढ्दो खेती लागतका कारण किसानहरूलाई समयमै धान थन्क्याउन भ्याइनभ्याइ भएको हो। भोजपुर नगरपालिका–५ बोखिमका किसान नवराज राईका अनुसार वर्षा वा हावाहुरी आएर खेतमा पाकेको बालीमा क्षति पुग्ने जोखिम रहेकाले हतारहतार धान भित्र्याउनुपरेको छ।

युवा पुस्ता रोजगारीका लागि सहर तथा विदेश पलायन भएसँगै गाउँमा खेतीपाती गर्ने जनशक्ति पाउन कठिन भएको र महँगो ज्याला तिर्नुपर्दा उत्पादन लागत आकासिएको किसानहरूको गुनासो छ। कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालका अनुसार यस वर्ष जिल्लाभर करिब ९६ प्रतिशत रोपाइँ भएको थियो। गत वर्ष ११ हजार ५ सय हेक्टरमा ३६ हजार ९ सय ९८ टन धान उत्पादन भएको र बेमौसमी वर्षाले ७८ हेक्टर बालीमा क्षति पुर्‍याएकाले यसपटक किसानहरू मौसम हेरेर काटेको धान राम्ररी सुकाएर मात्र भण्डारण गर्न जुटेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्