बाढीले थुपारेको लेदो पन्छिएपछि आफ्नै घर फर्किए नुवाकोटका प्रभावित, बस्तीमा फर्कियो पुरानै चहलपहल
नुवाकोट — गत भदौ १० गतेको बाढीले घरभित्र घुँडा र कम्मरसम्म लेदो तथा बालुवा थुपारेपछि अस्थायी आश्रयस्थलमा बस्न बाध्य नुवाकोटको विदुर नगरपालिकाका प्रभावित परिवारहरू घर सरसफाइ भएसँगै पुनः आफ्नै बासस्थानमा फर्किन थालेका छन्। देवीघाट, मुडेती, बट्टार, सिमचौर र ढुङ्गेलगायतका क्षेत्रमा असोज २१ गतेदेखि सञ्चालित 'घर सरसफाइ अभियान' ले निःशुल्क रूपमा लेदो पन्छाउने र घर पखाल्ने व्यवस्था मिलाएपछि लाखौँ खर्च गरेर सरसफाइ गर्न नसक्ने परिवारले ठूलो राहत महसुस गरेका हुन्।
विदुर नगरपालिका–५, देवीघाटका राजन भण्डारी र वडा नं. १ ढोडेनी बसपार्ककी निर्मला श्रेष्ठजस्ता स्थानीयले बाढीपछि अब आफ्नै घरमा बस्न नसकिने चिन्ता लिएका थिए। तर वडा कार्यालयको समन्वयमा परिचालित टोलीले घरभित्र सुकेर ढुङ्गाजस्तै कडा बन्न थालेको लेदो सफा गरिदिएपछि देवीघाटमा मात्र ३० वटा घरको सरसफाइ सम्पन्न भइसकेको छ भने ढुङ्गे क्षेत्रमा पनि काम तीव्र गतिमा भइरहेको छ। घर तथा आँगन सफा भएसँगै बाढीप्रभावित बस्तीहरूमा बिस्तारै पुरानै चहलपहल र दैनिकी फर्किन थालेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्