Logo

साताको दोस्रो दिन सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ

ललित सन्देश २०८३ मंसिर ७, ७:१० AM
साताको दोस्रो दिन सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ

काठमाडौँ — नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको हो। एकैदिन भएको यस उच्च वृद्धिसँगै आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन आइतबार बजारमा सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। साताको सुरुवाती दिनको तुलनामा सोमबार सुनको मूल्यमा उल्लेख्य उछाल आएपछि स्थानीय सुनचाँदी बजारमा कारोबार तथा उपभोक्ताको क्रयशक्तिमा प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्