Logo

मकै र भटमासको पिना महँगिँदा दूध, अन्डा र मासुका किसान घाटामा, बङ्गलादेशबाट पिना आउन रोकियो

ललित सन्देश २०८३ मंसिर ६, ४:२२ AM
मकै र भटमासको पिना महँगिँदा दूध, अन्डा र मासुका किसान घाटामा, बङ्गलादेशबाट पिना आउन रोकियो

काठमाडौँ — पशु तथा पन्छी दानाका मुख्य कच्चापदार्थ मकै र भटमासको पिनाको मूल्य आकाशिँदा नेपालका दुग्ध किसानदेखि कुखुरा तथा ह्याचरी व्यवसायीसम्म गम्भीर सङ्कटमा परेका छन्। दूधको मूल्य कम्तीमा लिटरको ७५ रुपैयाँ पुर्‍याउन माग गर्दै चितवनका दुग्ध किसानले आन्दोलनको चेतावनी दिएपछि दुग्ध विकास बोर्डले सरोकारवालासँग छलफल गरे पनि मूल्य निर्धारणको टुङ्गो लाग्न सकेको छैन।

नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाका अनुसार दानाको ८० देखि ८५ प्रतिशत हिस्सा ओगट्ने मकै र भटमासजन्य कच्चापदार्थको भाउ १५ देखि २० प्रतिशत बढेको छ। पहिला प्रतिकिलो ३६ रुपैयाँ पर्ने मकै करिब ५० रुपैयाँ र ८५ रुपैयाँ पर्ने भारतीय भटमासको पिना १२० रुपैयाँ नाघेका बेला शुक्रबारदेखि बङ्गलादेशले पनि पिना नपठाउने निर्णय गरेपछि आपूर्ति झनै दबाबमा परेको छ। नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर र लेयर्स चल्लाको उत्पादन लागत बढेको तर अन्डा तथा ब्रोइलरको बजार भाउ लागतभन्दा कम हुँदा ह्याचरी र किसान दुवै घाटामा छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्