Logo

सुनको मूल्यमा निरन्तर गिरावट, आज प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० कायम

ललित सन्देश २०८३ मंसिर ३, ५:१० AM
सुनको मूल्यमा निरन्तर गिरावट, आज प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० कायम

काठमाडौँ — नेपाली स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा थप गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज बजारमा प्रतितोला सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसअघि बुधबार एक तोला सुन २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। तिहार पर्व सकिएलगत्तै नेपाली बजारमा सुनको भाउ लगातार घट्ने क्रम जारी रहेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको मन्दीको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा देखिएको हो। लगातारको मूल्य गिरावटले विवाहको सिजन नजिकिँदै गर्दा गहना खरिद गर्ने योजनामा रहेका आम उपभोक्ताहरूलाई भने ठूलो राहत मिलेको छ। 

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्