अर्थतन्त्र महत्त्वपूर्ण मोडमा, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेको बताउँदै अबको आर्थिक दिशा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
अर्थमन्त्री वाग्लेले बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह अनुत्पादक क्षेत्रबाट मोडेर सीधै उत्पादनशील क्षेत्रतर्फ निर्देशित गर्नुपर्ने आवश्यकता औँल्याए। मुलुकको आर्थिक पुनरुत्थान र दिगो विकासका लागि बैंकहरूको लगानी उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्ने सरकारको नीति रहेको उनको भनाइ थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्