Logo

प्यान लिने करदाता ८० लाख नाघे, कात्तिकसम्म १ खर्ब ७७ अर्ब राजस्व संकलन

ललित सन्देश २०८३ मंसिर १, ४:३२ AM
प्यान लिने करदाता ८० लाख नाघे, कात्तिकसम्म १ खर्ब ७७ अर्ब राजस्व संकलन

काठमाडौँ — नेपालमा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको कुल संख्या ८० लाख नाघेको छ। करको दायरा विस्तार भएसँगै राजस्व संकलनमा समेत उल्लेखनीय सुधार देखिएको छ। आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कुल १ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

यो संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो। आर्थिक गतिविधिमा आएको सुधार र कर प्रशासनले दायरा फराकिलो बनाउन चालेका कदमका कारण करदाताको संख्यासँगै सरकारी राजस्वमा समेत सकारात्मक वृद्धि देखिएको विभागले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्