मङ्गलबार प्रि–ओपन सेसनमा नेप्से करिब ९ अङ्कले घट्यो, २६४० विन्दुमा सीमित
काठमाडौँ — साताको तेस्रो कारोबार दिन मङ्गलबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब ९ अङ्क अर्थात् ८.८३ अङ्कले ओरालो लाग्दै २६४०.०६ विन्दुमा अडिएको हो।
कारोबारको सुरुवाती समयमै बजार परिसूचक नकारात्मक दिशातर्फ मोडिएसँगै नियमित कारोबारको सुरुवातमा समेत लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्। प्रि–ओपन सेसनमा देखिएको यो गिरावटले आजको समग्र सेयर बजारको उतारचढावलाई सङ्केत गरेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्