Logo

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घट्यो

ललित सन्देश २०८३ मंसिर २, ५:५४ AM
नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौँ — नेपाली स्थानीय बजारमा बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले ओरालो लागेको हो। यो ठूलो गिरावटसँगै आज बजारमा प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। लगातार दुई दिनमै प्रतितोला ८ हजार २०० रुपैयाँले सुन सस्तिएपछि विवाह तथा चाडपर्वका लागि गहना खरिद गर्ने योजनामा रहेका उपभोक्ताहरूलाई ठूलो राहत मिलेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको गिरावटको प्रत्यक्ष असर स्थानीय बजारमा देखिएको हो। 

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्