भारत भ्रमणमा माथिल्लो तामाकोशीसहितका आयोजनाको बिजुली निर्यात स्वीकृति माग्दै नेपाल
काठमाडौँ — प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालले चिनियाँ ठेकेदार संलग्न माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहितका अन्य परियोजनाबाट उत्पादित बिजुली निर्यातका लागि औपचारिक स्वीकृति माग्ने भएको छ। स्वदेशी लगानीमा निर्माण सम्पन्न भएर उत्पादन थालेको लामो समय बितिसक्दा पनि भारतले चिनियाँ ठेकेदारको संलग्नता रहेको कारण देखाउँदै माथिल्लो तामाकोशीको विद्युत् खरिद गर्न अस्वीकार गर्दै आएको छ।
भारतको उक्त नीतिका कारण नेपालको समग्र विद्युत् निर्यात प्रभावित भएको र वर्षायाममा उत्पादित अतिरिक्त बिजुली खेर जाने अवस्था सिर्जना भएको भन्दै नेपालले असन्तुष्टि जनाएको हो। आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा चिनियाँ ठेकेदारले निर्माण गरेका आयोजनाको बिजुलीमा लगाइएको अवरोध हटाउन नेपालले उच्च राजनीतिक तहबाटै पहल गर्न लागेको हो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्