समूह ‘बी’ मा पाकिस्तान शीर्ष र नेपाल तेस्रो स्थानमा, सन् २०२३ को हारको बदला लिने अवसर
दोहा / काठमाडौँ — जारी प्रतियोगिताको समूह ‘बी’ मा दुई खेलबाट चार अङ्क जोडेको पाकिस्तान ‘ए’ तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट दुई अङ्क बटुलेको नेपाल तेस्रो स्थानमा रहेको छ। सेमिफाइनलको समीकरण र टोलीको लय परीक्षणका दृष्टिले आजको भिडन्तलाई महत्त्वपूर्ण मानिएको छ।
इमर्जिङ कपको इतिहासमा नेपाल र पाकिस्तान ‘ए’ बीच यसअघि सन् २०२३ को संस्करणमा मात्र एकपटक भेट भएको थियो, जसमा नेपालले चार विकेटको पराजय बेहोरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ३७ ओभरमा १७९ रन बनाउँदा पाकिस्तानले ३२.५ ओभरमा छ विकेट गुमाएर १८० रनको लक्ष्य पूरा गरेको थियो। आजको खेलमा नेपाललाई तीन वर्षअघिको सोही हारको बदला लिने अवसरसमेत जुटेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्