Logo

कास्की र स्याङ्जाका उत्कृष्ट करदाता सम्मानित, टेम्पल ट्रि रिसोर्टसहित तीन संस्था पुरस्कृत

ललित सन्देश २०८३ मंसिर ८, ४:५० AM
कास्की र स्याङ्जाका उत्कृष्ट करदाता सम्मानित, टेम्पल ट्रि रिसोर्टसहित तीन संस्था पुरस्कृत

पोखरा — आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा कास्की र स्याङ्जा जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पोखराको टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई उत्कृष्ट करदाताका रूपमा सम्मानित गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा पर्यटन तथा आतिथ्य क्षेत्रबाट राज्यको राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उक्त रिसोर्टलाई सम्मान प्रदान गरिएको हो।

सोही समारोहमा निर्माण क्षेत्रबाट एक्सेस कन्स्ट्रक्सन प्रालि र सहकारी क्षेत्रबाट कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ। समयमै पारदर्शी ढङ्गले कर दाखिला गरी मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने व्यवसायी तथा संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट करदाताहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्