लिग-२ क्रिकेटस् नेपालद्वारा क्यानडा पराजित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ-१ मा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो ।
क्यानडाका लागि आरोन जोनसनले ४४ रन बनाए । समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए । नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेलको शतक मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । रोहितले सर्वाधिक १०१ रन बनाए । १२७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । गुल्शन झाले ३४ बलमा ४८ रनको क्यामिओ पारी खेले । अर्जुन कुमालले २३ रन बनाए ।
क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ विकेट लिँदा जहिर शिर्जादले २ विकेट लिए । यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो । त्यसपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।
आजको जितपछि लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा झरेको छ ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्