Logo

लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

ललित सन्देश २०८३ आश्विन २५, २:२९ PM
लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार राति लिभरपुलले घरेलु मैदान एनफिल्डमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ ।

लिगमा शतप्रतिशत जित निकालेको सिटी पाँच खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । दुई जित र तीन बराबरी खेलेको लिभरपुल ९ अंकसहित छैटौं स्थानमा छ । यसको मतलब लिभरपुल सिटीको अपराजित यात्रा रोक्ने लक्ष्यमा हुनेछ । उता सिटी आफ्नो मोमेन्टमलाई ब्रेक गर्न चाहँदैन ।

आर्ने स्लटको स्थान लिएका एन्डोनी इराओलाका लागि सिटीविरुद्धको खेल महत्वपूर्ण हुनेछ । सिटीको टचलाइनमा पनि नयाँ प्रशिक्षक छन् ।

एन्जो मरेस्काको नेतृत्वमा रहेको सिटीले यो सिजन लिगमा १३ गोल गरेको छ । प्रमुख स्ट्राइकर एर्लिङ हालान्ड पाँच गोलसहित लयमा छन् । लिभरपुलका लागि भने लयमा रहेका अलेक्जेन्डर इसाक र कोडी गाक्पो चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन् ।

गत सिजन सिटीले लिभरपुलविरुद्ध दुवै लेगमा जित हासिल गरेको थियो । यसपाली पनि सिटी आफ्नो वर्चस्व कायम राख्न चाहन्छ ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्