भोटेकोशी बाढीको मृतकको घेवामा प्रचण्ड सहभागी
नुवाकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष स्मृति पूजा (घेवा)मा सहभागी भएका छन्।
नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन्। पूजामा सहभागी हुँदै संयोजक प्रचण्डले बाढीबाट मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। रसुवा–भोटेकोशी बाढी गएको ४९औँ दिनको अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो।
बाढीबाट घरविहीन बनेका परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुगेका हुन्।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्