कागजातको बहानामा गाँजा तस्करी: ‘कन्ट्रोल डेलिभरी’ विधिबाट दुई तस्कर नियन्त्रणमा
काठमाडौँ — कागजात (डकुमेन्ट) को आवरणमा अमेरिकाबाट कुरियर गरी लागुऔषध भित्र्याउने नयाँ शैलीलाई प्रहरीले असफल पारिदिएको छ। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोले ‘कन्ट्रोल डेलिभरी’ विधि प्रयोग गर्दै कुरियरमार्फत आएको पार्सल बुझ्न पुगेका दुई भारतीय नागरिकलाई रंगेहात पक्राउ गरेको हो।
पार्सलको छानबिन गर्दा डकुमेन्टभित्र लुकाएर ल्याइएको एक किलो ३३८ ग्राम गाँजा भेटिएको थियो। अन्तर्राष्ट्रिय स्तरमा हुने लागुऔषध तस्करीको यो सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि प्रहरीले अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्