Logo

मध्यपूर्वको तनावका कारण साउदीमा उच्च सतर्कता: रियादस्थित नेपाली राजदूतावासद्वारा ५ बुँदे विशेष अपिल जारी

ललित सन्देश २०८३ कार्तिक ११, ६:३४ AM
मध्यपूर्वको तनावका कारण साउदीमा उच्च सतर्कता: रियादस्थित नेपाली राजदूतावासद्वारा ५ बुँदे विशेष अपिल जारी

रियाद — मध्यपूर्वको क्षेत्रीय परिस्थितिका कारण साउदी अरेबियामा सुरक्षा सतर्कता बढाएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकहरूका लागि ५ बुँदे विशेष अपिल जारी गरेको छ।

दूतावासले सुरक्षा निकायबाट चेतावनी जारी भएको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, आधिकारिक निर्देशनहरू पूर्ण रूपमा पालना गर्न र अपुष्ट सूचनाहरू सामाजिक सञ्जालमा सेयर नगर्न आग्रह गरेको छ। विशेष गरी सुरक्षा घटनाहरूसँग सम्बन्धित भ्रामक फोटो वा भिडियोहरूले समुदायमा अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले जिम्मेवार बन्न नेपाली समुदायलाई अनुरोध गरिएको छ।

साथै, समस्या वा आपत्कालीन सहयोग परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्