Logo

एलपी ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल दिन नेपाल आयल निगमको निर्देशन

ललित सन्देश २०८३ कार्तिक ११, ७:०५ AM
एलपी ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल दिन नेपाल आयल निगमको निर्देशन

काठमाडौँ — नेपाल आयल निगमले आफ्ना डिलर तथा बिक्रेतामार्फत खाना पकाउने एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगहरूलाई पत्राचार गरेको छ।

यसअघि २०८१ साउन ३० र माघ १० गते पनि सोही विषयमा पत्राचार गरिएकामा पूर्ण कार्यान्वयन नभएपछि निगमले पुनः कडाइका साथ निर्देशन जारी गरेको हो। ग्यास बिक्रीको कारोबार अभिलेख व्यवस्थित राख्न, बिक्री विवरण यकिन गर्न र वितरकहरूको जिम्मेवारी स्पष्ट बनाउन यो कदम चालिएको निगमले जनाएको छ।

निगमले उद्योगहरूलाई आफ्ना डिलर तथा बिक्रेताको गतिविधिको नियमित अनुगमन र नियमन गरी भ्याट बिल अनिवार्य उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्