Logo

कात्तिक १३ देखि १५ गतेसम्म मुस्ताङका उच्च हिमाली क्षेत्र नजान पर्यटकहरूलाई आग्रह

ललित सन्देश २०८३ कार्तिक ११, ५:४७ AM
कात्तिक १३ देखि १५ गतेसम्म मुस्ताङका उच्च हिमाली क्षेत्र नजान पर्यटकहरूलाई आग्रह

जोमसोम — प्रतिकूल मौसमका कारण सडक अवरुद्ध हुने र सवारी दुर्घटनाको जोखिम बढेपछि उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गरी सतर्कता अपनाउन चेतावनी दिएका छन्।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष तासी न्हर्बु गुरुङले नेपाल-चीन सीमा नजिकै रहेको कोरला नाका र आसपासका क्षेत्रमा यात्रा नगर्न यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकहरूलाई आग्रह गर्नुभएको छ। हिमपातका कारण सडक चिल्लो भई सवारी दुर्घटना हुने र बाटो पूर्ण रूपमा बन्द हुन सक्ने भएकाले मौसम सुधार नभएसम्म कोरला नाकातर्फको यात्रा स्थगित गर्न गाउँपालिकाले भनेको छ।

मौसममा सुधार नआएसम्म उच्च जोखिमयुक्त क्षेत्रमा सवारी साधन नचलाउन र स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशिकाहरू पूर्ण रूपमा पालना गर्न सर्वसाधारणलाई सूचित गरिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्