Logo

चक्रवात ‘अर्णब’को प्रभाव: नेपालमा उच्च सतर्कता

ललित सन्देश २०८३ कार्तिक ११, ४:२५ AM
चक्रवात ‘अर्णब’को प्रभाव: नेपालमा उच्च सतर्कता

भारतमा प्रभाव पार्ने अनुमान गरिएको ‘अर्णब’ चक्रवातको असर नेपालमा पनि पर्ने देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले असोज २९ देखि ३१ गतेसम्मका लागि देशैभर उच्च सतर्कता जारी गरेको छ। यस चक्रवातको प्रभाव असोज २९ गते रातीबाटै महसुस हुनेछ भने विशेषगरी असोज ३० र ३१ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव अत्यधिक रहनेछ। मौसमविद्हरूका अनुसार यस अवधिमा धेरै स्थानमा मेघगर्जन, चट्याङ र तेज हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि छिटपुटदेखि हल्का वर्षा र मेघगर्जनसहितको चट्याङ पर्ने अनुमान गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले नदी किनार तथा बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ। साथै, खराब मौसमका कारण हवाई उडान, सडक यातायात तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने हुनाले सबैलाई अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा मौसम पूर्वानुमान महाशाखाका सूचनाहरू नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ। नागरिकहरूको सुरक्षाका लागि सम्भावित विपद् सामना गर्न देशभरका आपतकालीन निकाय तथा सुरक्षाकर्मीहरूलाई पूर्ण रूपमा तयारी अवस्थामा राखिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्