परराष्ट्रमन्त्री र फ्रान्सेली राजदूतबीच भेटवार्ता
काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नवनियुक्त राजदूत पुइगिन्जालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै उनको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्