Logo

देश र लोकतन्त्र बचाउन आन्दोलनात्मक बाटो रोज्नुपर्ने ओलीको दाबी

ललित सन्देश २०८३ कार्तिक ११, १०:५५ AM
देश र लोकतन्त्र बचाउन आन्दोलनात्मक बाटो रोज्नुपर्ने ओलीको दाबी

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्रको रक्षा र प्रतिगमनलाई पराजित गर्नका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन्। पार्टी कार्यालय च्यासलमा नवमनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ ग्रहण गराउने क्रममा अध्यक्ष ओलीले नेता तथा कार्यकर्ताहरूलाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन आह्वान गरेका छन्।

उनले कठिन राजनीतिक स्थितिमा पनि सत्य, न्याय र राष्ट्रको पक्षमा उभिएर अनुशासित ढङ्गले अगाडि बढ्नुपर्ने बताए। देशी-विदेशी शक्तिहरूको घेराबन्दीका बाबजुद एमाले जनताको लोकप्रिय मतका साथ मजबुत हैसियतमा उभिएको दाबी गर्दै उनले पार्टीलाई अझ एकताबद्ध र बलियो बनाउन आन्दोलनको तयारी आवश्यक रहेको औँल्याए।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्