शरद् ऋतुमा मनास्लु र आमादब्लम हिमाल आरोहीको पहिलो रोजाइ
काठमाडौँ — यस शरद् ऋतुमा ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहीहरूको मुख्य रोजाइ बनेको छ। पर्यटन विभागका अनुसार मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५ सय आरोहीले अनुमति लिएका छन्, जसबाट २२ करोड ५८ लाख रुपैयाँभन्दा बढी रोयल्टी उठेको छ।
त्यस्तै ३२ टोलीका ३ सय ८६ आरोहीले आमादब्लम हिमाल आरोहणका लागि अनुमति लिँदा ५ करोड ७६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। यसबाहेक हिम्लुङ, धौलागिरि-१, मकालु, अन्नपूर्ण-४, पुमोरी तथा जुगल जस्ता हिमालहरूमा पनि आरोहण टोलीहरू प्रस्थान गरेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्