Logo

जनकपुरका युवा बलर राहुल यादवको घातक बलिङ: काठमाडौँ ११५ रनमै अलआउट

ललित सन्देश २०८३ कार्तिक १२, ९:०५ AM
जनकपुरका युवा बलर राहुल यादवको घातक बलिङ: काठमाडौँ ११५ रनमै अलआउट

काठमाडौँ — जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवको उत्कृष्ट तथा धारिलो बलिङसामु काठमाडौँ गोर्खाजका ब्याटरहरू टिक्न सकेनन्। राहुलले ४ ओभरमा किफायती बलिङ गर्दै महत्त्वपूर्ण ४ विकेट चट्काएपछि काठमाडौँलाई न्यून योगफलमा रोक्न जनकपुर सफल भएको छ।

राहुलले खेलको पहिलो बलमै विकेट लिँदै उत्कृष्ट सुरुआत गरेका थिए। उनलाई साथ दिँदै सैफ हसनले २ विकेट लिए भने मोइन अलि, ललित राजवंशी र कप्तान हर्मित सिंहले समान १-१ विकेट हात पारे। अनुशासित बलिङ प्रदर्शन गरेको जनकपुर अब यो सामान्य लक्ष्य पछ्याउँदै मैदानमा उत्रिने तयारीमा छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्