Logo

दाहसंस्कार गरिएको अज्ञात शव कसको भन्नेमा गम्भीर प्रश्न

ललित सन्देश २०८३ कार्तिक १२, ९:१४ AM
दाहसंस्कार गरिएको अज्ञात शव कसको भन्नेमा गम्भीर प्रश्न

विराटनगर — मृत घोषित भइसकेका व्यक्ति जीवितै भेटिएपछि दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान खुलाउन मोरङ प्रहरीसामु नयाँ र गम्भीर चुनौती थपिएको छ। घटनाको सत्यतथ्य बुझ्न इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको नेतृत्वमा प्रहरी टोली पदमबहादुरको घर पुगेर छानबिन सुरु गरेको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार सरकारी अभिलेखमा बेवारिसे शवसम्बन्धी विवरण सच्याउनुका साथै परिवारले बुझिसकेको बीमा क्षतिपूर्ति रकम फिर्ता गराउने प्रक्रियासमेत अघाइनेछ। परिवारका सदस्यहरूलाई कोशी अस्पताल झिकाई सनाखतका बेला तयार गरिएका कागजातहरू फिर्ता लिने र मृतकको सही पहिचान स्थापित गर्न पुनः अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्