सुनको भाउ उकालो लाग्दा चाँदी तोलामा ५० रुपैयाँले घट्यो
काठमाडौँ — घरेलु सुनचाँदी बजारमा बिहीबार सुन र चाँदीको मूल्य विपरीत दिशातर्फ मोडिएको छ। सुनको मूल्यमा वृद्धि भइरहँदा चाँदीको मूल्य भने प्रति तोलामा ५० रुपैयाँले घटेको छ।
बुधबार प्रतितोला ३ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ३ हजार ९ सय ३० रुपैयाँमा झरेको छ। महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ४४ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्