Logo

कोप-३१ का लागि रणनीतिक पत्र सार्वजनिक

ललित सन्देश २०८३ कार्तिक १२, १०:१७ AM
कोप-३१ का लागि रणनीतिक पत्र सार्वजनिक

काठमाडौँ — नेपालले जलवायुजन्य हानि-नोक्सानी कोषबाट २१ दशमलव ६ अर्ब अमेरिकी डलर प्राप्त गर्ने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल यो रकम सुरक्षित गर्ने पहिलो देश बनेको जानकारी दिएका हुन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरको क्षतिपूर्तिस्वरूप यो रकम प्राप्त हुनु नेपालका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

राष्ट्रिय जलवायु सम्मेलनकै अवसरमा कोप–३१ मा प्रस्तुत गरिने नेपालको आधिकारिक पोजिसन पेपर र पर्वतीय रणनीति (माउन्टेन स्ट्रेटजी) समेत सार्वजनिक गरिएको छ। नेपालले स्पष्ट कार्ययोजना र तथ्याङ्कसहित अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो अडान बलियो बनाउने तयारी थालेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्