Logo

गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति क्रियाशील

ललित सन्देश २०८३ कार्तिक १२, ५:०७ AM
गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति क्रियाशील

काठमाडौँ — काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसले समावेशी र प्राज्ञिक चरित्रको बलियो केन्द्रीय कार्यसमिति पाएको छ। महाधिवेशनबाट ९४ प्रतिशतभन्दा बढी मतसहित सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्। त्यसैगरी महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला सङ्ग्रौला निर्वाचित भएका छन्।

कूल २२९ पदका लागि भएको यस निर्वाचनमा सात हजार तीन सयभन्दा बढी मतदाताले सहभागिता जनाएका थिए। एक हप्ताभित्रै करिब एक लाख ६२ हजार मतपत्र गणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिएको थियो। आज शपथ ग्रहणपछि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्न लागेको यो नयाँ टोलीले कांग्रेसलाई नयाँ उचाइ र दिशा दिने अपेक्षा गरिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्