ब्राउन सुगर, गाँजा र नियन्त्रित औषधिसहित १२ जना पक्राउ
सुनसरी — कोशी प्रदेश प्रहरीले प्रदेशका चार जिल्लाबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार सुनसरी, झापा, मोरङ र धनकुटाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष टोलीको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा ब्राउन सुगर, ट्रामाडोल, डिक्लोमाइन, गाँजालगायतका प्रतिबन्धित पदार्थ बोकेका व्यक्तिहरू रहेका छन्। सुनसरीबाट ७ जना, झापाबाट १ जना, मोरङबाट ३ जना र धनकुटाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्