Logo

प्रहरी हिरासतका इनम सापकोटासँग मेरो कुनै सम्पर्क छैन

ललित सन्देश २०८३ कार्तिक १२, ११:०१ AM
प्रहरी हिरासतका इनम सापकोटासँग मेरो कुनै सम्पर्क छैन

काठमाडौँ — प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आफ्नो कुनै किसिमको चिनजान वा सम्पर्क नरहेको स्पष्ट पार्नुभएको छ। बिहीबार एक औपचारिक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले सापकोटासँग आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको र आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ।

विज्ञप्तिमा भनिएको छ, जुन प्रसंग जोडेर मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्ति वा विषयसँग मेरो कुनै पनि प्रत्यक्ष वा परोक्ष संलग्नता छैन। मैले उनीहरूलाई कहीँकतै भेटेको समेत छैन भन्दै उनले सबै भ्रमित कुराहरूलाई खारेज गरेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्