Logo

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण

ललित सन्देश २०८३ कार्तिक १२, ११:०५ AM
नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण

काठमाडौँ — गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ नेतृत्वले बिहीबार प्रमाणपत्र प्राप्त गर्दै कार्यभार सुरु गरेको छ। असोज ३० गते सार्वजनिक अन्तिम नतिजाअनुसार निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य, पुष्पा भुसाल र विनोद चौधरीसहितका पदाधिकारीहरूले शपथ लिएका छन्।

त्यस्तै खुला महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्री डा. डिला संग्रौलासहितका केन्द्रीय सदस्यहरूले प्रमाणपत्र ग्रहण गरेका छन्। शपथ ग्रहणसँगै कांग्रेसले महाधिवेशनपछिको नयाँ राजनीतिक यात्रा र सङ्गठनात्मक सुदृढीकरणको अभियान औपचारिक रूपमा अघि बढाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्