Logo

नेपाल र चीनका प्रमुख विश्वविद्यालयबीच ऐतिहासिक शैक्षिक सम्झौता

ललित सन्देश २०८३ कार्तिक १२, ५:१५ AM
नेपाल र चीनका प्रमुख विश्वविद्यालयबीच ऐतिहासिक शैक्षिक सम्झौता

मकवानपुर — शैक्षिक गुणस्तर अभिवृद्धि तथा उच्च शिक्षाका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बीच एक महत्त्वपूण समझदारी पत्रमा हस्ताक्षर भएको छ। मकवानपुरमा आयोजित विशेष कार्यक्रममा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल र चिनियाँ विश्वविद्यालयका उपाध्यक्ष प्रा. डा. देङ जुझीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।

हस्ताक्षर समारोहमा दुवै संस्थाका उच्चपदस्थ पदाधिकारी, अन्तर्राष्ट्रिय जनसम्पर्क विभागका प्रतिनिधि तथा शिक्षाविद्हरूको बाक्लो उपस्थिति रहेको थियो। यस ऐतिहासिक साझेदारीले नेपाल र चीनबीचको प्राज्ञिक तथा सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने र दुवै विश्वविद्यालयका प्राज्ञिक, वैज्ञानिक तथा अनुसन्धानका स्रोतहरूलाई साझा रूपमा उपयोग गर्ने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्