Logo

इनर्जी ड्रिङ्क्सको विज्ञापन र लेबलमा चेतावनी सन्देश अनिवार्य

ललित सन्देश २०८३ कार्तिक १२, ६:३७ AM
इनर्जी ड्रिङ्क्सको विज्ञापन र लेबलमा चेतावनी सन्देश अनिवार्य

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादक तथा विक्रेताहरूलाई प्रचलित कानुनबमोजिम अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न निर्देशन दिएको छ। उत्पादित पेय पदार्थको लेबलमा सुरक्षित उपभोगसम्बन्धी चेतावनी सन्देश स्पष्ट रूपमा राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

हाल नेपालमा १७ वटा उद्योगले अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन गरिरहेका छन्। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को विपरीत हुने गरी लापरबाही गर्ने वा नियम उल्लङ्घन गर्ने व्यवसायीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्