Logo

१० जना विदेशी नागरिकको राहदानी जफत गरी अध्यागमन पठाइयो

ललित सन्देश २०८३ कार्तिक १३, ८:५० AM
१० जना विदेशी नागरिकको राहदानी जफत गरी अध्यागमन पठाइयो

काठमाडौँ — नेपालमा पर्यटक भिसामा प्रवेश गरी श्रम स्वीकृति बिना गैरकानूनी रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने र धार्मिक प्रचारप्रसारमा संलग्न हुने १० जना विदेशी नागरिकहरूमाथि कारबाही अगाडि बढाइएको छ। गृहमन्त्रालयको सचिवालयका अनुसार उनीहरूका राहदानी (पासपोर्ट) तथा आवश्यक कागजातहरू जफत गरी थप अनुसन्धान र कानुनी कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ।

विदेशी नागरिक अनुगमन जिल्ला समितिले उनीहरूले भिसा नियमको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै अध्यागमन ऐन अनुसार कारबाही गर्न सिफारिस गरेको हो। अक्टोबर २२ र २३ (कात्तिक ६ र ७ गते) मा मध्य-नोभेम्बरसम्मको पर्यटक भिसामा नेपाल भित्रिएका ती विदेशीहरूले सरकारी निकायबाट श्रम वा कार्य स्वीकृति नलिई स्वास्थ्य सेवा प्रदान गरिरहेको फेला परेको थियो। विदेशी नागरिकहरूले नेपालको अध्यागमन कानुन र भिसाको सर्त विपरीतका गतिविधिमा संलग्न हुन नपाउने कानुनी व्यवस्था रहेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्