बाजुरा जिल्ला अस्पतालमा तीन दिनभित्रै आठ जटिल शल्यक्रिया सम्पन्न
मार्तडी, बाजुरा — सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला बाजुरास्थित बाजुरा जिल्ला अस्पतालले पछिल्लो तीन दिनको अवधिमा आठवटा अति जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोलीको निरन्तरको प्रयासपछि उच्च जोखिम मानिएका ती शल्यक्रियाहरू बिना कुनै जटिलता सम्पन्न भएका हुन्।
शल्यक्रिया गरिएका आठ जना बिरामीहरूमध्ये पाँच जना भने विभिन्न दुर्घटनामा परेर हाडजोर्नी भाँचिएका र गम्भीर चोटपटक लागेका साना बालबालिकाहरू रहेका छन्। विगतमा साधारण हाडजोर्नी भाँचिँदासमेत शल्यक्रियाका लागि जिल्लाबाहिर जाने बाध्यता रहेकामा अस्पतालमै अनुभवी विशेषज्ञ डाक्टरहरूबाट जटिल प्रकृतिको शल्यक्रिया सम्भव भएपछि बालबालिकाका अभिभावकहरूले ठूलो राहत महसुस गरेका छन्। उपचारपछि बिरामी बालबालिकाहरूको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको अस्पताल प्रशासनले जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्