Logo

वाणिज्य बैंकहरूको कुल नाफा १९ अर्ब ११ करोड रुपैयाँ

ललित सन्देश २०८३ कार्तिक १५, ४:२७ AM
वाणिज्य बैंकहरूको कुल नाफा १९ अर्ब ११ करोड रुपैयाँ

काठमाडौँ — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्ममा नेपालका २० वटा वाणिज्य बैंकहरूले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार समग्र बैंकिङ क्षेत्रको नाफामा सकारात्मक लय देखिएको छ।

यस अवधिमा निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिल बैंकले सर्वाधिक नाफा कमाउँदै शीर्ष स्थान हासिल गरेको छ। नबिल बैंकले पहिलो तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो। व्यावसायिक विस्तार, प्रभावकारी कर्जा असुली तथा गैर-ब्याजी आम्दानीमा भएको सुधारका कारण नबिल बैंकले आफ्नो नाफामा उच्च वृद्धि कायम राख्दै बैंकिङ क्षेत्रमा आफ्नो वर्चस्व निरन्तर कायम राखेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्